चुनाव हारेर थला परेका विश्व पौडेल अर्थमन्त्रीका साल्लाहकार!

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेललाई नियुक्त गरेका छन्।  राष्ट्रिय योजना आयोगका यसअघिका उपाध्यक्ष समेत रहेका पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन्।  संसदीय निर्वाचनमा चितवन १ बाट उम्मेदवार ...

सम्बन्धित सामग्री

चितवन-१ बाट कांग्रेसबाट विश्व पौडेल उम्मेदवार

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले विश्व पौडेललाई चितवन-१ बाट उम्मेदवार बनाएको छ। पौडेल योजना आयोगका उपाध्यक्ष थिए । यसअघि चितवन २ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । सो क्षेत्रबाट रवि लामिछाने पनि चुनाव लड्दैछन् । यस्तै, एमालेबाट कृष्णभक्त पोखरेल पनि यही क्षेत्रबाट चुनाव लड्ने भएका हुन् ।

चितवन १ मा कांग्रेसका विश्व पौडेल र २ मा उमेश श्रेष्ठले पाए टिकट

२३ असोज, चितवन । नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं. १ मा डा. विश्व पौडेल र क्षेत्र नं. २ मा उमेश श्रेष्ठले टिकट पाएका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट डा. पौडेल र श्रेष्ठ उम्मेदवार बनेका हुन् । डा. पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री छन् । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले […]

योजना आयोगमा विश्व पौडेल आउँदा के उत्साही हुनु!

राष्ट्रिय योजना आयोगमा विश्व पौडेल उपाध्यक्ष नियुक्त भएपछि उनको विशेषज्ञताले आयोगको कामकारबाहीलाई सकारात्मक मोड दिने आशा बढाएको छ। त्यति धेरै सकारात्मक भइहाल्ने ठाउँ पनि छैन।

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडाैं ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगको सदस्य भएर काम गरेका थिए। बैठकले आयोगको सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ । The post योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाण्डाै – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर विश्व पौडेल नियुक्त हुनुभएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा युवा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गरेको हो । पौडेलले यसअघि पनि योजना आयोगमा रहेर काम गरिसक्नुभएको छ । यस्तै उहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा रहेर काम गरिसक्नुभएको छ ।   यस्तै बैठकले याेजना आयाेगकाे सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। आयोगको उपाध्यक्षका लागि डा. शंकर शर्मा, प्रभु बुढाथोकी, डा. तिलक रावल पनि चर्चा रहेको भएपनि प्रधानमन्त्री देउवाको रोजाईमा युवा अर्थशास्त्री डा. पौडेल पर्न सफल भएका हुन्। अघिल्लो कार्यकालमा देउवाले स्वर्णिम वाग्लेलाई उपाध्यक्ष बनाएका थिए।

योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

काठमाडौं, १२ साउन । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्तिको निर्णय गरेको हो । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधी गरेका पौडेल काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका छन् ।

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन्।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो। अर्थशास्त्री पाैडेलले यसअघि आयोगको सदस्य भएर काम गरिसकेका छन्।यसअघि आयोगका उपाध्यक्षमा पुष्प कँडेल थिए।