प्रचण्डबारे लेखनाथको टिप्पणी : हामीभित्र पनि बा प्रवृत्ति देखियो

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन् । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा १०बुँदे फरक मत राखेका न्यौपानेले प्रचण्ड स्वयंमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको बताएका हुन् । ‘तपाईंका प्राय: सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, […]

सम्बन्धित सामग्री

एमालेमा ‘बा’ प्रवृत्ति हामी भयो अब गरिखाँदैन : माधव नेपाल

गुल्मी । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेलाई धुलो चटाउने बताएका छन् । शनिबार गुल्मीमा नेकपा एकीकृत समाजवादीको जिल्लास्तरिय अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालेविरुद्धका सबै शक्ति एक ठाउँमा उभिएर एमालेलाई भारी मतले पराजित गर्ने बताए । नेता नेपालले दुई पटकसम्म भएको राष्ट्रिय सभा निर्वाचनमा […] The post एमालेमा ‘बा’ प्रवृत्ति हामी भयो अब गरिखाँदैन : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादीमा लेखनाथको फरक मत : हामीभित्र पनि ‘बा’ प्रवृत्ति देखियो (पूर्णपाठ)

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि युवा नेता लेखनाथ न्यौपानेले लिखित रुपमा फरक मत राखेका छन्। जारी आठौं महाधिवेशनको बन्दसत्रमा फरक मत राख्दै उनले अध्यक्ष प्रचण्डको प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज नबोक्ने उल्लेख गरेका छन्। अध्यक्ष प्रचण्डमा उनले आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाएका छन्। 'तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिक

लेखनाथ न्यौपानेले भने– माओवादीमा पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीभित्र पनि प्रचण्डलाई लक्षित गर्दै अर्को रुपको ‘बा प्रवृत्ति’ देखिएको उल्लेख गरेका छन् ।  ‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ ।तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र’, न्यौपानेले प्रचण्डको प्रतिवेदनमाथि फरक मत राख्दै भनेका छन्, ‘

‘लोकतन्त्र जोगाउन हातेमालो गरौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गैरसंवैधानिक तरिकाले गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरूको साथ खोज्दै हातेमालो गर्न प्रस्ताव राखेको छ। उक्त समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीमा देखिएको ‘बा प्रवृत्ति’ का कारण लोकतन्त्र खतरामा परेको भन्दै यसलाई जोगाउन नागरिक समूहका अगुवाहरूसँग हातेमालो गर्न प्रस्ताव राखेका हुन्।