अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि अब अर्थमन्त्री जनार्दन शर्माले के गर्लान् भन्ने चासो उत्पन्न भएको छ । विगतको नजिर हेर्ने हो भने छानबिन समिति बन्दा पनि तत्कालीन अर्थमन्त्रीहरूले राजीनामा दिएका थिएनन् । तर, नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ। सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दि