‘कान्तिपुर हिसान शैक्षिक मेला’ शुक्रबारदेखि सुरू

उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ‘कान्तिपुर हिसान शैक्षिक मेला’ शुक्रबारदेखि भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने भएको छ । गत बिहीबार सुरु मेलामा काठमाडौं महानगरपालिकाले रोक लगाएको थियो । त्यसविरुद्ध निजी शैक्षिक संस्था सञ्चालकहरू उच्च अदालतमा निवेदन लिएर गएका थिए ।

सम्बन्धित सामग्री

हिसान एडुफेयर पुन: सुरु (तस्विरहरु)

काठमाडौं । कान्तिपुर हिसान एडुफेयर आज पुनः सुरु भएको छ । गत जेठ ३२ गते सुरु भएको मेला काठमाडौं महानगरपालिकाले विद्यार्थीको नतिजा प्रकाशन नै नभई आयोजना गरिएको भन्दै मेला बन्द गराएको थियो । बुधबारमात्रै उच्च अदालत पाटनले महानगरलाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपश्चात आज शुक्रबार पुनः मेला सुचारु गरिएको […]

रोकिएको कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि सुरु

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ । एसईई र कक्षा १२ को परीक्षा दिई नतिजा कुरेर बसेका विद्यार्थी र तिनका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले शैक्षिक मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो । उच्च अदालतले […]

शैक्षिक मेलामा महानगरको रोक

शिक्षा मन्त्रालयबाट अनुमति लिई सुरु ‘कान्तिपुर हिसान शैक्षिक मेला’ बिहीबार अपराह्न काठमाडौं महानगरपालिकाले अचानक रोकेको छ । कक्षा ११ र स्नातक तहमा भर्नाको तयारीमा रहेका विद्यार्थी लक्षित राजधानीका ७५ शिक्षण संस्थाको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।

कान्तिपुर हिसान शैक्षिक मेला सुरू

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका छन्। एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो।

कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण आज बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु हुँदै छ । एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो ।

कान्तिपुर हिसान शैक्षिक मेला जेठ ३२ देखि असार ३ सम्म

एसईई परीक्षा दिएर कक्षा ११ मा भर्नाको तयारीमा रहेका र कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पखाईमा रहेका विद्यार्थीलाई लक्षित गरी जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने भएको छ ।

तस्बिरमा हिसान शैक्षिक मेला

काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आयोजना गरेको शैक्षिक मेला भृकुटीमण्डप प्रदर्शनी हलमा शुक्रबार देखि पुनः सुरु भएकाे छ ।

विगतमा सरकारकै कमजोरीले गुणस्तरीय शिक्षा दिन नसकेको ओलीको स्वीकारोक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन आवश्यक जनशक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले गरिखाने जनशक्ति निर्माण हुनेगरी शिक्षाको आवश्यक प्रबन्ध गर्न सरकारले चाहेको पनि स्पष्ट पारे। बिहिबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘हिसान शैक्षिक मेला’ को उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै निजी क्षेत्रका विद्यालयहरूको प्रशंसा पनि गरे। प्रधानमन्त्री…