फ्लाइओभर निर्माण फागुनबाट

नेपालको पहिलो फ्लाइओभर निर्माणको काम आगामी फागुनबाट सुरु हुने भएको छ । ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभर निर्माण माघबाटै सुरु हुने भनिएकोमा डिजाइन स्वीकृत हुन समय लाग्ने भएपछि फागुनबाट मात्रै सुरु हुने भएको हो । सडक विभागका उपमहानिर्देशक भिमार्जुन अधिकारीले भने, “निर्माण कम्पनीले पेस गरेको डिजाइनमा केही करेक्सन गरेर विभागले पठाएको छ । सोहीअनुसार डिजाइन […]

सम्बन्धित सामग्री

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । सातदोबाटो र …

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

ग्वार्कोमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन। सारांश...

फ्लाइओभर निर्माण रोकियो

ललितपुरको ग्वार्कोमा निर्माणाधिन ग्वार्काे ‘फ्लाइओभर’ को काम रोकिएको छ । डिजाइनमा समस्या देखिएपछि तत्कालको लागि काम रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले डिजाइनमा देखिएको समस्याको कारण काम रोकिएको बताए । उनले भने,“ फ्लाइओभर निर्माणको कार्य सम्बन्धमा अध्ययन भैरहेको छ । साथै स्वाइल वेरिङक्यापसिटी टेस्ट हुँदैछ ।” मन्त्रालयका अनुसार फाउन्डेसनको माटोको […]

ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै बढ्यो ट्राफिक जाम

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।

ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु हुँदै

काठमाडौँ,२१ पुष । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले माघको पहिलो सातादेखि निर्माण सुरु हुने बताए । “हाल सामान व्यवस्थापनको काम भइरहेको छ, सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ”, उनले भने, […]

ग्वार्कोमा फ्लाइओभर निर्माण शुरु‚ सडकमा ट्राफिक जाम

काठमाडौँ : ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।आज बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। ललितपुरको ग्वार्को चोकमा बन्नेफ्लाइओभर १४ महिनाभित्र बनाइसक्ने लक्ष्य छ। आयोजनाको ठेक्का पाएका आरसी, समानान्तर र रेलिग्रेले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरु गरेका हुन्।फ्लाइओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्व

ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु भएसँगै सडकमा बढ्यो ट्राफिक जाम (तस्बिरसहित)

काठमाडौँ – ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। आज बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरु गरेको हो। फ्लाइ ओभर […]

ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै बढ्न थाल्यो जाम (तस्बिरहरु)

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । आज बिहानबाट ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरू गरेको हो । फ्लाइ ओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ । चक्रपथ बिस्तार आयोजनाअन्तर्गत बिस्

बलम्बु-कलंकी फ्लाइओभर निर्माण कार्य कहिलेबाट सुरु होला ?

काठमाडौं : बलम्बुदेखि कलंकीसम्म फ्लाइओभर निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न जापानलाई प्रस्ताव गरिने भएको छ। नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा आएपछि सवारी जामको समस्या बलम्बु-कलंकी हुने भएकाले फ्लाइओभर निर्माण गर्न लागिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई सम्भाव्यता अध्ययनका लागि जापानलाई नै दिनु उपयुक्त हुने ‘ब्रिफिङ’ गरेको थियो। फ्लाइओभरको…

ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण हुने

काठमाडौं । सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौंका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा  फ्लाइओभर वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढेको हो । आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले बताएको छ । बालकुमारीतर्फबाट आएका सवारीसाधन चार लेन उठेर ग्वार्काेतिर लाग्ने र अर्काे चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रका प्रमुख डा. विजय जैसीले बताए । फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ ६ मिटर हुनेछ । ‘माथि चढ्न र झर्न ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ,’ उनले भने । सरकारले गत आर्थिक वर्षमा उपत्यकामा व्यस्त सात चोकमा यातायात आवागमन सजिलो बनाउन अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो । केन्द्रले ग्वार्काे, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको केन्द्रका निर्देशक डा. जैसीले बताए । परामर्शदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्काेमा निर्माण अघि बढाइएको उनले जानकारी दिए । ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्काे छानिएको उनको भनाइ छ । विभागले चक्रपथका चोक–चोकमा फ्लाइओभर वा अण्डरपास निर्माण गरेर कुनै पनि ठाउँमा सवारीसाधन नरोकिने अवधारणा बनाएको छ । विमानस्थल झरेर कलंकी पुग्दा कतै पनि नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले बताएको छ । फ्लाइओभर बीएण्डबी अस्पताल नजिकै ग्वार्काेबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारीसाधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मंगलबजार तर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ सवारीसाधन चल्न सक्ने निर्देशक डा. जैसीले बताए । उपत्यकामा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयले चालू आवमा ३४ करोड बजेट सुनिश्चित गरेको छ । ठेक्का प्रक्रियामा गएपछि निर्माण कम्पनीले त्योभन्दा कति कम रकममा आवेदन दिन्छन् । त्यसैका आधारमा यसको बजेट यकिन हुने उनले बताए । सरकार आफ्नै लगानीमा पहिलोपटक निर्माण गर्न लागेको भए पनि यसमा नेपाली निर्माण व्यवसायीले नै काम गर्नेगरी योजना बनाइएको छ । अहिलेसम्म फ्लाइओभर निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको निर्देशक डा. जैसीले बताए । शुरू भएको २ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गर्ने योजना बनाइएको छ । संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइएको निर्देशक डा. जैसीले बताए । उनका अनुसार ठेक्का सम्झौता हुँदा कागजातमा निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख हुनेछ । निर्माणको अवधिमा मुख्य लेनभन्दा बाहिर रहेको ‘सर्भिस लेन’ प्रयोग हुनेछ । यहाँको चाप कम गर्न सकेसम्म सवारीसाधन अन्यत्रबाट अर्कातर्फ मोड्ने (डाइभर्ट) गर्नुपर्ने उनले बताए । जगको काम गर्दा भने सडक अवरुद्ध हुने देखिएको छ । माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रबाट बनाएर बोकेर लगेर राख्न खोजिएको छ । यस वर्ष ग्वार्काेमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकोमा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण अघि बढाइने योजना छ । चीन सरकारले झण्डै ३ वर्षपहिले निर्माण सम्पन्न गरेको चक्रपथका चोकहरूमा फ्लाइओभर निर्माणको योजना बनाइएको हो । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी फ्लाइओभर निर्माण गरिने विभागले बताउँदै आएको छ । सरकारले चालू आवमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरू विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत फ्लाइओभर बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । संघीय राजधानीमा अहिलेसम्म एउटा पनि  फ्लाइओभर नभएकोमा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेको हो । रासस