दमौली : तनहुँमा एक वर्षमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ। गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार ३५४ घरधुरीमा खानेपानी विस्तार भएको हो। ‘एक घर–एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए। उनका अनुसार उक्त अवधिमा ११ खानेपानी आयोजना सम्पन्न भएका छन्। त्यस्तै १९ आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ। जिल्लामा हालसम्म ९२.४२ प्रतिशत घरधुरीमा खाने