चाँगुनारायण नगरपालिका– ८ मा विद्यालयमा आधारित प्राथमिक उपचार तालीम सम्पन्न भएको छ । प्राथमिक उपचारको महत्वलाई समुदायस्तरसम्म पुर्याउने र विद्यालय तथा समुदायस्तरमा दुर्घटनामा हुनसक्ने मानवीय पीडालाई कम गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले तालिमकोे आयोजना गरेको हो । सरस्वती मावि, महेन्द्रग्राम मावि र पञ्चकन्या माविका विद्यार्थीको सहभागिता रहेको तालिममा रक्तस्राव रोकथाम, हाड भाँचिने, पोलाइ,…