काठमाडौं : प्रतिनिधिसभाका सांसदसहित ठूलो संख्यामा संसद सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आगामी २७ गते बोलाइएको संसद बैठक के होला ? भन्नेमा आमचासो छ।उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्। तर, ठूलो संख्यामा संसद सचिवालयका कर्मचारीसहित सांसदहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक बस्छ कि बस्दैन ? बसेपनि कसरी बस्न सक्छ भन्ने बिषयमा सर्वत्र चासो छ। बैठक बस्छ कि बस्दैन भन्नेमा दलहरु नै एकिन छैनन्।संसद सचिवालयले भने बैठक बसाउने बारे वैकल्