काठमाडौं : प्रतिनिधिसभा बैठक भदौ २९ गते बस्ने गरी स्थगित गरिएको छ। विपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित भएको जानकारी गराए।
आजै पहिलो बैठक सुरु भएसँगै एमालेले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गर्दै संसदीय मर्यादा कायम गर्न माग गरेका…