काठमाडौँ,२३ असार । म्याग्दी सदरमुकाम बेनी बजारको पश्चिमतर्फ म्याग्दी नदीमाथि रहेको झोलुङ्गे पुल यस क्षेत्रकै मूल्यवान ऐतिहासिक सम्पदाका रुपमा रहेको छ । पुरानो बजार मङ्गलाघाटमा विसं १९४४ मा निर्माण गरिएको पाति चढाउने डिल र मंगलाघाट जोड्ने उक्त पुल आजभन्दा १३५ वर्ष पहिले बागलुङको गलकोटका स्व लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुम गाउँका […]