वर्ष ०७८ को सुरुमै त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको लागि घोषित टिमका कप्तान थिए, ज्ञानेन्द्र मल्ल । नेदरल्यान्ड्स र मलेसिया सम्मिलित यो शृंखला टीयू क्रिकेट मैदानमा भएको थियो । यही वर्षको अन्त्यमा एक अर्को ट्वान्टी–२० शृंखला भयो, जसमा मलेसिया त थियो नै । अर्को टिम थियो, पपुवा न्युगिनी । मैदान एकपल्ट फेरि टीयू मैदान नै थियो । यो सिरिजका लागि घोषित टिममा ज्ञानेन्द्र थिएनन् ।