वर्ष २०७८ साल सकिएर नेपालीहरु नयाँ वर्षको प्रतिक्षामा छन् । नयाँ वर्ष यस्तो समय हो, जुन दिन विगतको वर्षको समीक्षा र आउँदो वर्षको योजना र प्रतिज्ञा गरिन्छ । बुधबार वर्ष २०७८ को अन्तिम दिन हो र बिहीबारदेखि नयाँ वर्ष २०७९ साल सुरु हुँदैछ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गर्ने गर्छन् । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् म