गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति तनहुँले बिहीवार दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले खोपबारे बताएका हुन् ।
हालसम्म ८ लाख मानिसलाई पहिलो र ३ लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उनले बताए । प्रदेश सरकारले सिधै खरिद गरेर ल्याउन नसकिने कारणले केही ढिलाइ जस्तो हुन गएको हो । उनले भने, ‘प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै निःशुल्क खोप उपलब्ध...