विदेशमा धन कमाउन गएका अधिकांश युवा गाउँ फर्किएपछि आधुनिक सिमेन्ट घर बनाउने गर्छन् तर तनहुँका एक युवक ६० वर्ष पुरानो पूख्र्यौली आवासको संरक्षणमा जुट्नु भएको छ ।
संरक्षणमा जुट्नेमा व्यास नगरपालिका–१० बैरेनीका भेषबहादुर दरै हुनुहुन्छ । खाडीमुलुक मलेसिया, कतार र साउदीअरब रोजगारी गरेर आएपछि पनि उहाँले विदेशको देखासिकी आधुनिक घर बनाउनु भएन ।