बागलुङ : पहिले–पहिले ग्रामीण क्षेत्रमा पुग्दा ढुंगाले बान्की मिलाएर छाएको छानो। ढुंगाकै गारो। घरका झ्यालढोकामा कलात्मक शैलीमा विभिन्न आकृति र मूर्ति कुँदिएका हुन्थे।रातो माटो र सेतो कमिरोले पोतेर सजिएका घुमाउने घर भेटिन्थे। तर, अहिले भेट्टाउनै मुस्किल पर्छ। यदाकदा भेटिए पनि जीर्ण अवस्थामा भेटिन्छन्। मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत पाइँदैनन्। पछिल्लो समय प्रविधिको विकासका कारण यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीय बताउँछन्। मगर र गुरुङ समुदायको पहिचानस