काठमाण्डाै – अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका रिपोर्टर ताकी दरयाबी र फोटो पत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले निर्घात कुटपिट गरेको बीबीसीले जनाएको छ ।
गएकाे बुधवार काबुलमा महिलाहरूले गरेको प्रदर्शनमा रिपोर्टिङ गरिरहेका उनीहरूलाई तालिबानले पक्राउ गरी प्रहरी थाना लगेर हिरासतमा राखेको र कुटपिट गरी छाडिदिएको खबरमा उल्लेख छ ।
कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरूको तस्बिर सार्वजनिक भएका छन् । चौकीमा आफू...