वीरगञ्ज – बोक्सीको आरोपमा पर्साको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ। जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन्। आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासदेव […]