एमसीसीको विरोधमा काठमाडाैंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जनालाई पक्राउ गरिएको छ ।  निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाएको छ ।  पक्राउ पर्ने ‘एमसीसी खारेज राष्ट्रिय अभियान’का व्यक्तिहरू रहेको प्रहरीको भनाइ छ ।  उनीहरूले विभिन्न प्लेकार्ड बोकेर महाराजञ्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।   

सम्बन्धित सामग्री

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ

एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले  ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए । उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को