चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले पुनः मेयरमा दाबी गरिसकेको छ । तर, सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक छलफल गर्ने तय गरिएको छ । काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख