कोभिशिल्ड खोपको गति सुस्त

महोत्तरी / कोभिड–१९ महामारीविरुद्धको खोप लगाउने साप्ताहिक लक्ष्य लगभग पूरा भएको छ । जिल्लामा माघ १४ गते प्रारम्भ गरिएको यो अभियानमा बिहीबारसम्म दुई हजार २११ ले खोप लगाएका छन् । पहिलो चरणमा जिल्लालाई प्राप्त २४३ भाइल यो खोप दुई हजार २३० जनालाई लगाइने साप्ताहिक लक्ष्य रहेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा महोत्तरी कारागारका... The post कोभिशिल्ड खोपको गति सुस्त appeared first on Purbeli News.

सम्बन्धित सामग्री

खोटाङमा कोभिशिल्ड र एस्ट्राजेनेकाको दोस्रो मात्रा दिन सुरू

खोटाङमा गत भदौ र असोजमा कोभिड– १९ विरुद्ध कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा दिन सुरू गरिएको छ । १५ र १६ भदौ तथा ४ र ५ असोजमा कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई मंगलबार र बुधबार दोस्रो मात्रा दिन लागिएको हो ।एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई पनि कोभिशिल्ड खोप दिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।  भदौ र असोजमा सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका १३ हजार नागरिकले कोभिशिल्

कोभिशिल्ड खोपको दुवै डोज लगाएकाहरु ९३ प्रतिशत सुरक्षितः अध्ययन

एजेन्सी।एस्ट्राजेनेकाको कोभिशिल्ड खोपको दुवै डोज लगाएकामा कोरोना संक्रमणको सम्भावना ९३ प्रतिशत कम हुने एक अध्ययनले देखाएको छ।भारतमा १५ लााख ९० हजार जनामा अध्ययन गरिएको हो।भारतको नीति आयोगका सदस्य वीके पालले भने,“जसले कोभिशिल्डको दुवै डोज लगाएकाहरु ९३ प्रतिशत सुरक्षित भएको पाइएको छ।”डेल्टा भेरिएन्टको कहर उच्च बिन्दुमा पुग्दा यो अध्ययन १५ लाखभन्दा बढी चिकित्सक तथा फ्रन्टलाइन वर्कसमा गरिएको थियो।

खाेपको खुसी : ललितपुरमा ७७ वर्षमाथिका नागरिकले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिएको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । अर्यालका अनुसार महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको थियो । यसमध्ये ललितपुरमा कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेका ७७ वर्षमाथिका २२२० जनालाई आज खोप दिइएको छ । बाँकी

ललितपुरले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ । असार ९ गते (बुधबार) बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । अर्यालका अनुसार महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको छ । यसमध्ये ललितपुरमा ७७ वर्षमाथिका २२२० जनाले कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेको छ । बाँकी खोप जन

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका... The post ‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने appeared first on Purbeli News.

सांसदहरुले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

काठमाडौं: प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले कोभिशिल्ड खोपको दोस्रो डोज लगाएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रवारदेखि सांसदहरुले दोस्रो डोज लगाउन सुरु गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले आज विहान दोस्रो डोज लगाएका छन्। संसद सचिवालयले दोस्रो डोज लगाउन तीन दिन समय छुट्याएको छ। आइतवारसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। सभामुख, राष्ट्रियसभा अध्यक्ष,…

भारतको सिरम इन्स्टिच्युटले कोभिशिल्ड खोपको मूल्य सार्वजनिक गर्‍याे

काठमाण्डाै – काेराेना खाेप उत्पादन गरिरहेकाे भारतकाे सिरम इन्स्टिच्युट अफ इण्डिया (सीआईआई) ले कोभिशिल्ड खोपको बिक्री मूल्य तोकेको छ । कोभिशिल्ड खोप उत्पादन गरिरहेको सीआईआईले उत्पादन हुने कुल खोपमध्ये ५० प्रतिशत भारतको केन्द्र सरकारका लागि छुट्याउने र बाँकी ५० प्रतिशत राज्य सरकार र निजी अस्पताललाई बिक्री गर्ने जानकारी दिएको छ । कोभिशिल्डको नामबाट एस्ट्राजेनिका र अक्सफोर्डको खोप बनाइरहेको सीआईआईले राज्य सरकारलाई प्रति डोज चार सय भारु र निजी अस्पताललाई ६ सय भारुका दरले खोपको मूल्य तोकेको बीबीसीले जनाएक...

‘कोभिशिल्ड’ को प्रभावकारीता ७८ प्रतिशत

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ ।      स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे ।  उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड ...

कोभिशिल्ड खोपको प्रभावकारिता बारे के भन्छन् विज्ञ ?

काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु-याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पु-याउनुपर्नेमा जोड दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गर्नुभयो । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडि नै खोप अभियान सुरु गर्नु सरकारको सफलता भएको उहाँको भनाई छ । खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताउनुभयो । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उहाँको भनाई छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । खोपले ब्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो । खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताउनुभयो । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिनुभयो । त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउनु भयो । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताउनु भयो । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उहाँको भनाई छ । बेलायत र दक्षिण ...