ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिएको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । अर्यालका अनुसार महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको थियो । यसमध्ये ललितपुरमा कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेका ७७ वर्षमाथिका २२२० जनालाई आज खोप दिइएको छ । बाँकी