काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काठमाण्डौको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई सार्क राष्ट्रस्तरको बनाउनुपर्ने बताउनुभएको छ । ६३ औँ राष्ट्रिय सङ्ग्राहलय स्थापना दिवसका अवसरमा आज सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयलाई स्तरोन्नित गर्दै सार्क राष्ट्रस्तरको बनाउनुपर्ने बताउनुभयो ।
मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयलाई स्वदेशी तथा विदेशी सङ्ग्रहालयसँग आपसी भगिनी सम्बन्ध कायम गरी सङ्ग्रहालयको ज्ञान, सीप तथा कलाहरू आदानप्रदान गर्न सके नेपालको कला, पहिचान स्थापित ह...