काठमाडौँ : जिल्ला निर्वाचन कार्यालय पर्वतले असोज ३० गते जिल्लाको श्री बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गरेपछि २४ घण्टे स्पष्टीकरण माग्यो। जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जारी गरेको विज्ञप्तिमा फलेवास नगरपालिका वडा नं ४ मा रहेको विद्यालयका शिक्षक तिवारीले मंसिर ४ गते हुने प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत आफ्नो फेसबुक पेजम