सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा बिहानै भूकम्प, काठमाडाैंमा पनि धक्का

काठमाडौंसहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान सिन्धुपाल्चोककाे हेलम्बु केन्द्रबिन्दु भएर ४.७ म्यानिच्युडको भूकम्प गएको हाे ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प

काठमाण्डाै - सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा  सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।