नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साइकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाई गरिएको छ ।नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र जिएचटी अन व्हीलको आयोजनामा हुन लागेको यो यात्रामा विभिन्न संघसंस्थाहरूको सहयोग रहेको लामाको यो यात्रा १७ सय किलोमिटर लामो रहने छ । पर्यटन बोर्डमा आयोजित विदाई कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त