वैदेशिक रोजगारीमा जाने व्यक्तिको उमेर कति हुुनुपर्छ ? वैदेशिक रोजगार ऐन २०६४ ले १८ वर्ष उमेर पुगेका जो कोहीले श्रम स्वीकृति प्राप्त गरी रोजगारीका लागि गन्तव्य मुलुकमा जान पाउने व्यवस्था गरेको छ । तर, त्यही मापदण्ड वैदेशिक रोजगारीमा जाने महिलाको हकमा खोजियो भने गलत साबित हुन्छ । सरकारी निकायको अन्योल र श्रम तथा रोजगार मन्त्रालयले बनाएको नियमका कारण १८ वर्ष पुग्नेबित्तिकै महिलाहरू आफूले चाहेको देशमा रोजगारीका लागि जान पाउँदैनन् ।