नेपाल वायुसेवा सञ्चालक संघको नेतृत्वमा पुनः क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । संघको अघिल्लो कार्यसमिति अध्यक्ष समेत रहेका थापालाई शुक्रबार बसेको २१ औं वार्षिक साधारणसभाले पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष थापा सिम्रिक एयरका सञ्चालक हुन् । संघको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल चयन भएका छन् । यस्तै, संघको द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई, तृतीय उपाध्यक्षमा अल्टिच्यूड एयरका निमा नुरु शेर्पा चयन भएका छन् ।संघको महासचिवमा समिट एयरका मनोज कार्की