चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलले सिट बाँडफाँटबारे सहमति जुटाउन सकेका छैनन् । सिट बाँडफाँटको छलफल थालेको एक महिना बित्न लागे पनि तालमेल गर्दा कुन दलले कति हिस्सा लिने भन्ने विषय अझै टुंगिएको छैन । दलहरूबीच सिट बाँडफाँटको विषय झन्–झन् पेचिलो बन्दै गएको छ ।