लमजुङ – विगतमा ठूलो मात्रामा अन्यत्र सुन्तला निर्यात गर्ने जिल्ला हो, लमजुङ । विगतमा सिजनको बेला लमजुङको चिप्लेटी, रतनपुर, पौडेलगाउँ, सानो धिमिरे, ठूलो धिमिरे, चिती स्याउत लगायतका थुप्रै गाउँ सुन्तलाले पहेँलपुर देखिन्थे ।
सुन्तला उत्पादन राम्रो हुन्थ्यो । स्थानीयले सुन्तला बिक्रीबाटै लाखौँ कमाउँथे । सुन्तला टिप्नलाई केहीले काम समेत पाउँथे । अहिले भने सुन्तला मासिदै गएकाले त्यस्तो अवस्था नरहेको स्थानीय बताउँछन् ।
पहिले निर्यात, अहिले आयात
लमजुङमा उत्पादित रसिला, गुलिया सुन्तलाको माग बजारमा उच्च थियो । सुन्तला व्...