काठमाडौं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, आसन्न प्रदेश र संघको निर्वाचनमा गठबन्धन र अन्य समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाल लगायतका नेता सहभागी छन्।