मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वास्थ्य सेवा

सल्यान : मातृ तथा बाल स्वास्थ्य समन्वयका लागि जिल्लामा मोबाइल स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ। मातृ तथा नवजात शिशुको मृत्युदर तथा घरमै प्रसूति हुनेको संख्या शून्य पुर्‍याउने उद्देश्यले जिल्लामा सञ्चालन गरिएको मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको हो।महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत आउने सन्देश (एसएमएस) अध्ययन गरेर हरेक गर्भवती महिलाले चारपटक गर्भ जाँच (पूर्ण जाँच) गरे–नगरेको र स्वास्थ्य संस्थामै प्रसूति भएको सुनिश्चितता भए–नभएको निगरानी गरिने स्वास्थ्य से

सम्बन्धित सामग्री

निःशुल्क बाल स्वास्थ्य शिविर

नागरिकको आवश्यकता अनुसार घरघरमा स्वास्थ्य सेवा दिँदै आएको अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क बाल स्वास्थ्य शिविर गरेको छ । शिविरमा बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच एवम् दाँतको स्क्रिनिङ्ग सेवा प्रवाह गरिएको हो ।

कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइँदै

स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ।

डेमोस्ट्रेसनका रुपमा ९ हजार आठ सय जना किशोरीलाई एचपीभी खोप लगाइँदै

स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोगविरुद्धको २० हजार मात्रा एच.पि.भि. खोप लगाउन लागेको जानकारी दिएको हो। विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताए।

काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई कुमारी बैंकको सहयोग

काठमाडौं  । कुमारी बैंक लिमिटेडले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच दुई संस्थाका अन्य पदाधिकारीको उपस्थितिमा सहयोगको सम्झौता गरिएको हो । प्रतिष्ठानले बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन बाल अस्पतालका लागि बैंककोे सहयोग प्रयोग गरिने सम्झौतामा उल्लेख छ ।

विशेष अभियानमा छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने

काठमाण्डाै - अभियान चलेका बेला छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने भएका छन् । नियमित खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा लगेर खोप लगाउन पाइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो । सरकारले गएको वैशाख १५ र ३१ गते विशेष अभियान नै चलाएर खोपबाट छुटेका बालबालिकालाई खोप दिएको थियो । यो जेठ महिनामा विशेष अभियान नभए पनि नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पाइने डाक्टर गौतमले ब...

बुधबार ५८ हजारले लगाए भेरोसेलको दोस्रो मात्रा खोप

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले  खोप अभियान अन्तर्गत बुधबार ५७ हजार ७५० जनाले दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए।

कोभिसिल्डको दोस्रो डोज आजदेखि

सरकारले आज मंगलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही […]

सांसद र संसदका कर्मचारीलाई फागुन १९ देखि २१ गतेसम्म खोप लगाइने

संसद सचिवालयले स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखालाई खोप लगाउने सांसद तथा संसदका कर्मचारीहरुको विवरण समेत पठाइसकेको छ।

कोभ्याक्स सुविधाको खोप आउँदै

सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए । उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले