बुधबार ५८ हजारले लगाए भेरोसेलको दोस्रो मात्रा खोप

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले  खोप अभियान अन्तर्गत बुधबार ५७ हजार ७५० जनाले दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए।

सम्बन्धित सामग्री

कर्णालीमा ६६ प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको खोप

कर्णाली : कर्णाली प्रदेशमा ६६ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कुल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाएको जानकारी दिए। साथै एक लाख ४० हजार १८८ जनाले थप मात्रा समेत लगाएको उनले जानकारी दिए।उनले मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए।&

७० प्रतिशत नेपालीले लगाए खोपको पूर्ण मात्रा

नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बधाई दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले बुधबार मात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको थियो । ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे

नेपालमा २४ प्रतिशतले लगाए पूर्ण मात्रा कोरोना खोप

काठमाडौं । नेपालको कूल जनसंख्याको २४.३ प्रतिशतले मात्र कोभिड–१९ विरुद्ध पूर्णमात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । कूल जनसंख्याको २८.७ प्रतिशतले एकडोज खोप लगाएको मन्त्रालयले जनाएको छ । चीनले बुधबार १६ लाख डोज भेरोसेल खोप दिएको जनाउँदै मन्त्रालयले चैतसम्म सबै जनसंख्यालाई खोप लगाउने समेत जनाएको छ […]

२८ प्रतिशतले लगाए पूर्णमात्रा खोप

देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलकाअनुसार यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । उनका अनुसार नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा कोभिड–१९ विरुद्धको खोप आएको छ । आएका खोपमध्ये सबैभन्दा धेरै चीनको भेरोसेल खोप रहेको उनले बताए ।

मकवानपुरमा ५ हजार बढीले लगाए दोश्रो खोप

मकवानपुरमा बुधबारबाट कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा प्रदान गरिएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका मकवानपुरका करिब १३ हजार ४ सय ८० जना नागरिकहरुलाई दोस्रो डोज लगाउन सुरु गरिएको हो ।मकवानपुरको दुईवटा पालिकाले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप प्रदान गरेको हो । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ५ सय ९८ जनालाई दोस्रो मात्राका रुपमा एष्ट्राजेनेका खोप लगाएको छ भने हेटौंडा उ

बूढानीलकण्ठका १,४०९ ले लगाए भेरोसेल खोप

बूढानीलकण्ठ नगरपालिकाले एक हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ ।  नगरपालिका क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ७१८ महिला र ६९१  पुरुषलाई आज कोरोना भाइरसविरुद्धको खोप दिइएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं ९ स्थित  नेशनल आइडियल बोर्डिङ स्कूल मण्डिखाटार र वडा नं १० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयलाई नगरपालिकाले खोप केन्द्र तोकेको  छ । खोप बुधबार  र

बूढानीलकण्ठमा आज १४ सय बढीले लगाए भेरोसेल खोप

काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाले एक हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ। नगरपालिका क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ७१८ महिला र ६९१ पुरुषलाई कोरोनाविरुद्धको खोप दिइएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए। खोप बुधबार र बिहीबार पनि लगाइने कार्यक्रम छ।

३८ हजार प्रहरीले लगाए कोरोना विरुद्धको खोप

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विगतमा कोभिसिल्ड पहिलो मात्रा लगाएका प्रहरी लाई दोस्रो मात्रा लगाइएको हो । ६९ हजार बढी प्रहरी छन् ।          अत्यन्त जोखिमपूर्ण रुपमा कार्यस्थलमा खटिने प्रहरीलाई खोप न्यून भइरहेको अवस्थालाई सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, विहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण न २ महाराजगञ्जमा बुधबार र आजसहित प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा एक हजार ३११ लाई खोप लगाइएको छ ।