पर्वत : कास्कीको पोखरा महानगरपालिका–२५ क्रान्तिटोलमा बसेर जग्गाप्राप्तिका लागि २७ वर्ष लामो संघर्ष गरेकी सीता गुरुङ थापा बल्ल अहिले निकै खुसी छिन्। पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले जग्गाप्राप्तिको पहिलो चरणमा निस्सा वितरण गरेपछि सीतालगायत महानगरपालिका–२५ हेम्जा आसपासका २४२ सुकुमवासी परिवार खुसी भएका हुन्।सुकुमवासी बनेर संघर्षका साथ बिताएको २७ वर्ष सम्झँदा सीताको मन दुःखी भए पनि अब भने लालपुर्जा पाउनेमा उनी ढुक्क छिन्। ‘यो हाम्रो लागि ठुलो उपलब्धि हो।