पर्वतमा दुई जनामा डेङ्गु पुष्टि

पर्वत : पर्वतका दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ। उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको बुधवार पुष्टि भएको हो। दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको…

सम्बन्धित सामग्री

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

काठमाडौँ,१४ मँसिर । विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो । पर्यटकीय सहर पोखराको […]

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन्।

पर्वतमा एमालेको ‘क्लिन स्वीप’

८ मंसिर, पर्वत । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ जित निकाल्दै नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ ।  एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधिसभा सदस्य तर्फ एमालेका पदम गिरी, प्रदेशसभा (१) मा भक्त कुँवर र प्रदेशसभा (२) मा मित्रलाल बस्याल विजयी भएका छन् । गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । गिरीले […]

पर्वतमा एमालेको ‘क्लिन स्वीप’

पर्वत - पर्वतमा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको पर्वतमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेश सभा १ मा भक्त कुँवर र प्रदेश सभा २ मा मित्रलाल बस्याल विजयी हुनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले गठबन्धनको तर्फका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पछाडि पार्नु भएको हाे। गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७...

पर्वतमा कांग्रेसका जोशीको अग्रता

पर्वत । पर्वतमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । सोमबार साँझदेखि सुरु भएको मतगणनामा अहिलेसम्म झण्डै १८ हजार मत गणना भएको छ । सुरुवातदेखि सार्वजनिक भएका मतपरिणामहरु अनुसार पर्वतमा प्रतिनिधि सभाका उम्मेदवार अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरीबीच कडा टक्कर देखिएको छ । सुरुवातदेखि नै लगातार अग्रता लिएका जोशीले […]

पर्वतमा खानेपानी र विद्युत् चुनावी मुद्दा

एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा दशकयता खानेपानी र विद्युत् समस्या छैन। बरु विद्युत् उत्पादन गरेर अरू जिल्लालाई दिइरहेको छ पर्वत। यसअगाडिका जनप्रतिनिधिले यी अजेन्डामा काम गरेकाले यस्तो भएको हो।...

पर्वतमा २८ जनाकै उम्मेदवारी कायम

पर्वत : प्रतिनिधिसभा र प्रदेशसभामा गरेर कुल २८ जना उम्मेदवारहरूको मनोनयन दर्ता भएको पर्वतमा २८ जना नै उम्मेदवारका रुपमा कायम भएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा एक जना र दुई वटा प्रदेश सभामा १/१ जना गरी कुल तीन जना उम्मेदवार निर्वाचित हुने पर्वतमा प्रतिनिधिसभामा १२ जनाको, प्रदेशसभा ‘क’ मा नौ जनाको र प्रदेशसभा ‘ख’ मा सात जनाको मनोनयन दर्ता भएको थियो।उम्मेदवारी फिर्ताको लागि दिइएको समयमा कोही पनि उम्मेदवारहरूले मनोनयन फिर्ता नगरेपछि २८ जना नै आ

पर्वतमा बन्यो सिसैसिसाको स्काई ब्रिज

नेपालमै पहिलो पटक पर्वतमा सिसैसिसाको आकासे पुल (स्काईब्रिज) संचालनमा आएको छ । पर्वतको कुश्माबजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सोमबारदेखि संचालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको...

आसो पर्वतमा ज्वालामुखी सक्रियता बढेपछि प्रवेश निषेध

जापानको आसो पर्वतमा ज्वालामुखी सक्रियता बढ्दै गएपछि सो क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ भने त्यहाँ प्रवेशमा रोक समेत लगाइएको छ । क्यूशू क्षेत्रका मौसम अधिकारीहरुले कुमामोतो प्रान्तमा रहेको आसो पर्वतमा ज्वालामुखी बिस्फोट हुने गतिविधिमा तीब्रता आइरहेको पुष्टि गरेका हुन् । जापानमा सबैभन्दा बढी सक्रिय ज्वालामुखी रहेको आसो पर्वतमा केही समययता ज्वालामुखीका सक्रियता बढ्दै गएपछि तेस्रोपटक …

पर्वतमा ६० प्रतिशत रोपाई सम्पन्न

पर्वत-मानो रोपेर मुरी फलाउने महिना असार बितिसक्दा पनि पर्वतमा धान रोपाई सकिएको छैन । पर्वतमा हालसम्म ६० प्रतिशत मात्र रोपाई सम्पन्न भएको हो । यस वर्ष समयमै वर्षायाम सुरु भएकाले गत वर्षभन्दा केही छिटो रोपाई भएपनि अझै ४० प्रतिशत सम्पन्न हुन नसकेको हो । मनसुन पूर्णरुपमा सक्रिय भएपछि ग्रामीण क्षेत्रका कृषकहरुलाई रोपाईमा सक्रिय भएका थिए […]