काठमाडौं : प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा एमसिसी सम्झौता र सम्झौतासम्बन्धी व्याख्यात्मक घोषणामाथिको छलफलमा एमाले सांसद भीम रावल र कांग्रेस सांसद गगन थापाबीच दोहोरी चल्यो। रावलले द्विपक्षीय सम्झौतामा एक पक्षीय रूपमा मात्र व्याख्यात्मक घोषणा गरेर त्यसको वैधानिकता नहुने र यसबाट देश र जनतामा भ्रम सिर्जना गरिएको बताए। एमसिसी सम्झौतामा उल्लेख गरिएका प्रावधान नेपालको संविधान र कानुन विपरीत रहेको उनको भनाइ छ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी सम्झौताका कारण नेपालको स्वाधीनता तलमाथि भ