२६ साउन, बुटवल । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग (उच्च ज्वरो) का बिरामी बढेपछि बुटवलमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान चलाएको हो । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन […]