आफ्नो दमदार अभिनयका लागि चर्चित परेश रापलले पहिलो पटक आफ्नो प्रेम कहानीबारे खुलासा गरेका छन् । परेश रावलले एक अन्तरवार्तामा स्वरुप सम्पतलाई विवाहका लागि कसरी प्रस्ताव राखेका थिए भनेर जानकारी दिएका छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘मैले आफ्नो एकजना साथीलाई आफूले स्वरुपसँग विवाह गर्न चाहेको बताएको थिएँ । त्यसको ठिक १२ वर्ष पछि मैले ती युवतीसँग विवाह गरेँ ।’स्मरण रहोस्, परेश रावल र स्वरुप सम्पतले सन् १९८७ मा विवाह गरेका थिए । पूर्व अभिनेत्री स्वरुप सम्पतले स