प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ‘सी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा ओसिस क्लबलाई ५–० गोल अन्तरले हराउँदै प्लानिङ बढुवा भएको हो ।यता ओसिस भने रेलिगेसनमा परेको छ । प्लानिङको जितसँगै आरसी–३२ ‘बी’ डिभिजन लिगमा बढुवा हुने मौकाबाट चुकेको छ ।जितसँगै प्लानिङले १३ खेलमा ३१ अंक जोड्यो । र, शीर्ष दुईमा स्थान पक्का गर्यो । यस्तै झापा फुटबल क्लब यस अघि नै बढुवा भईसकेको छ ।