नेपाली काँग्रेसका सांसद तथा अर्बपति व्यापारी बिनोद चौधरीले भौतिक रुपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले स्वास्थ्य भन्दा ठूलो कुरा केही हुन नसक्ने भन्दै कोरोना संक्रमण बढिरहेको बेला सबै सावधान हुनुपर्नेमा जोड दिएका छन् ।‘सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन’, उनले ट्वीटरमा भनेका छन्, ‘जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णय