असारे विकासको अन्त्य गर्न जिल्लाको नरहरिनाथ गाउँपालिकाले स्थानीय तहमा सञ्चालन भएका योजनाहरु समयमै सम्पन्न गर्न अनुगमनलाई कडाई गरेको छ । विकास आयोजना समयमै सक्न गाउँपालिकाले ठेकेदार तथा उपभोक्ता समितिलाई सचेत गराउने अभियान थालेको छ । विगतमा आर्थिक वर्षभित्र विकास आयोजना सक्न मुस्किल भएपछि विकास बजेट फिर्ता गएको भन्दै गाउँपालिकाले यस वर्ष सतर्कता र अनुगमन थालेको हो ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाको कार्यान्वयनलाई तीव्रता दिने र समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी लगायतलाई सचेत गराउन थालेको हो ।