५० प्रतिशत प्रिमियम छुटमा कोरोना बिमा

काभ्रे- कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयबासीको स्वास्थ्य बिमा गरिरहेका छन्। वडाका बासिन्दाको स्वास्थ्य...

सम्बन्धित सामग्री

सामूहिक कोरोना बिमामा सरकारको अनुदान

सरकारले सामूहिक कोरोना बिमामा अनुदान दिने भएको छ । चालू आर्थिक वर्षको बजेटमा गरेको घोषणा अनुसार अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरेपछि कार्यान्वयनमा आएको हो । बिमा समितिले बुधबार पत्रकार सम्मेलन गरी कोरोना बिमामा अनुदान सुरु भएको औपचारिक घोषणा गरेको छ । अनुदान कार्यविधिअनुसार सर्वसाधारणले कोरोना बिमा गर्दा प्रिमियमको ५० प्रतिशत र सरकारी कर्मचारीले पूर्ण अनुदान प्राप्त गर्ने व्यवस्था गरेको छ । अनुदानका लागि भने सामूहिक रुपमा नै बिमा गर्नुपर्नेछ । व्यक्तिगत रुपमा गरिएको बिमामा भने अनुदान उपलब्ध नहुने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।