प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति, आन्तरिक उडान नियमित हुने

काठमाडौं  : नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएपछि बुधबार आन्तरिक उडान नियमित हुने भएको छ। बुधबारको उडान सञ्चालन गर्ने विषयमा प्राधिकरणबीच मंगलबार मध्यरातमा सहमति भएको हो।प्राधिकरणका महानिर्देशकसहित वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहितको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो। राति ११ बजेसम्म चलेको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज माग सम्बोधन गर्ने भ

सम्बन्धित सामग्री

वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच सहमति, विहानैदेखि उडान सुचारु

काठमाडौं, ८ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच सहमति भएको छ । प्राधिकरणले सञ्चालक संघले अघि सारेका प्रायः सबै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकोले सहमति भएकोले उडान सुचारु भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जनाए । उनकाअनुसार वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गरिसकेका छन् । यसअघि प्राधिकरणले जारी गरेको जहाजको […]

‘इनरूट’ मौसमको जानकारी दिने पूर्वाधार निर्माणमा जोड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवार गरेका दुईओटा निर्णयप्रति एयरलाइन्स कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले चासो देखाएको छ । इनरूट (विमान उडानदेखि अवतरण गर्ने गन्तव्यसम्मको मार्ग)को मौसमबारे जानकारी गराउन पूर्वाधार विकासमा छिटो काम गर्न र एकल इन्जिनयुक्त हेलिकोप्टरमा दुईजना पाइलट राख्ने निर्णयमा पुनर्विचार गर्न संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ । गत आइतवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भीरमा दुर्घटना भएपछि प्राधिकरणले मंगलवार नै मौसम सफा नहुँदासम्म उडान अनुमति नदिने निर्णय गरेको थियो । त्यसको अर्काे दिन बुधवार संघले प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणको निर्णयप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । उक्त दुर्घटना प्रतिकूल मौसमका कारण भएको प्रारम्भिक आकलन प्राधिकरणले गरेको छ । पर्वतीय उडानलाई सुरक्षित र भरपर्दाे बनाउन प्राधिकरणले इनरूटको मौसममा सुधार नहुँदासम्म उडान गर्न नदिने निर्णय गरेको थियो । तर, संघले सम्बन्धित विमानस्थलहरूमा इनरूटको मौसमबारे जानकारी दिने पूर्वाधारको विकासमा जोड दिएको छ । मौसम छिटोछिटो परिवर्तन हुने हुँदा आवश्यक प्रविधिको विकास र पूर्वाधार निर्माणमा प्राधिकरणसँग  सहकार्य गर्न तयार रहेको संघले बताएको छ । संघका प्रवक्ता योगराज कँडेल शर्माद्वारा जारी विज्ञप्तिमा हिमाली भेगमा छिटोछिटो मौसम परिवर्तन हुँदा पूर्वानुमानभन्दा प्रतिकूल हुन सक्ने र हवाई दुर्घटनाको सम्भावना हुने उल्लेख छ । आन्तरिक उडान हुने सबै विमानस्थलमा इनरूटको मौसमसम्बन्धी विवरण उपलब्ध हुन सके उड्डयन सुरक्षा थप सुदृढ हुने पनि संघले बताएको छ । प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय गरी सबै विमानस्थलमा इनरूटको मौसमबारे जानकारी दिने आवश्यक संयन्त्रको विकास यथाशक्य छिटो गराउनुपर्ने संघको भनाइ छ । जल तथा मौसम विज्ञान विभागबाट काठमाडौं तथा भैरहवामा आधा आधा घण्टामा मौसम सम्बन्धी जानकारी गराइन्छ । यस्तै अन्य आठओटा विमानस्थलमा भने एक/एक घण्टामा मौसमको जानकारी जारी गरिन्छ । अन्तरराष्ट्रिय उडानका लागि १८ हजार मिटरमाथिको मौसमी अवस्थाबारे जानकारी गराउने गरिएको छ । आन्तरिक उडानका लागि यो सुविधा हालसम्म नभएको संघले उल्लेख गरेको छ । यसैगरी प्राधिकरणले एकल इन्जिनयुक्त हेलिकोप्टरमा दुईजना पाइलट अनिर्वाय राख्न भनेको छ । यो निर्णयमा पुनर्विचार गर्न संघले प्राधिकरणलाई आग्रह गरेको छ । नेपालमा सञ्चालनमा रहेका एक इन्जिन हेलिकोप्टरहरू उत्पादक कम्पनी र सम्बन्धित देशको नियामक निकायबाट एकल चालक सञ्चालकका लागि स्वीकृतप्राप्त वायुयान रहेको भन्दै संघले उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो । सम्पूर्ण पूर्वाधार उपलब्ध नभई यस्ता निर्णयको कार्यान्वयनमा समस्या हुने संघले बताएको छ ।

निर्वाचनको दिन आन्तरिक उडान बन्द

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको दिन उद्धार उडान, मानवीय सहायता एवं सरकारको निर्देशनमा हुने उडानबाहेक सबै आन्तरिक हवाई उडान बन्द हुने भएको छ । निर्वाचन आयोगले जारी गरेको सवारी आवगन तथा व्यवस्थापनसम्बन्धी मापदन्ड–२०७९ जारी गरेसँगै आइतबार विज्ञप्तिमार्फत आन्तरिक वायुसेवा प्रदायक कम्पनीको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले आफ्ना यात्रुलाई निर्वाचनको दिन […] The post निर्वाचनको दिन आन्तरिक उडान बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

मतदानको दिन सबै आन्तरिक उडान बन्द हुने

वायुसेवा सञ्चालक सङ्घ नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ। निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन,...

निर्वाचनको दिन सबै आन्तरिक उडान बन्द हुने

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जनाएको छ ।  निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार संघमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान...

आन्तरिक उडान बन्द गर्ने वायुसेवा संचालक संघको चेतावनी

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ (एओन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो । क्यानले हिजो वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको थियो । उक्त स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने

काठमाडौं । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर वृद्धि भएसँगै वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको र त्यसलगत्तै सोही महीनाको २० गते मध्यरातदेखि लागू हुने गरी हालसम्म सरकारले आन्तरिक उडानहरू बन्द गर्दै आएको छ । मन्त्रालयका एक अधिकारीले असार तेस्रो हप्तापछि मात्रै आन्तरिक उडानहरू खुला गरिने सम्भावना रहेको पुष्टि गरेका हुन् । पछिल्ला केही दिनमा कोभिड संक्रमण दर घट्दो अवस्थामा रहेको भए पनि अभैm केही दिन पर्खनुपर्ने देखिएकाले तत्काल आन्तरिक उडान खुल्ने सम्भावना नरहेको उनको भनाइ छ । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले जेठ २५ गते नै पर्यटनमन्त्री उमाशंकर अरगरियालाई पत्र लेख्दै असार १ गतेदेखि आन्तरिक उडान सुचारु गर्न माग गरेको थियो । सोही दिन आन्तरिक उडान सुचारु गर्ने संकेत नपाएपछि संघले सोही दिन अर्थात् मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र आन्तरिक उडान सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ । संघका प्रवक्ता योगराज कँडेल शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा छिमेकी मुलुक तथा संसारभरि नै आन्तरिक उडान बन्द नगरिएको र हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित भएको उल्लेख गरिएको छ । संघले सुरक्षित तथा संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको र अहिले संक्रमण दर पनि घट्दो क्रममा रहेको भन्दै यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेको छ । मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले आन्तरिक उडान सुचारु गर्न मन्त्रालय सकारात्मक भएको बताए । ‘आन्तरिक उडान स्वास्थ्य मापदण्डहरू पालना गरेर बिस्तारै खुलाउने तयारी मन्त्रालयको छ,’ उनले भने, ‘मन्त्रालयमा छलफल भइरहेको छ भने अर्काेतर्पm संक्रमण दर पनि घट्दो अवस्थामा छ ।’ आन्तरिक उडान खुला गर्ने हो भने हब मानिने गन्तव्यहरू नेपालगञ्ज, विराटनगर, वीरगञ्ज, भैरहवाजस्ता क्षेत्रमा कोरोना भाइरस संक्रमण दर र वस्तुस्थितिको विश्लेषण तथा मूल्यांकन पनि गरिने उनी बताउँछन् । यसैगरी अन्तरराष्ट्रिय उडानलाई सरकारले थप खुकुलो बनाएको छ । वैशाख २३ गते मध्यरातबाट अन्तरराष्ट्रिय उडान पनि बन्द गरेको सरकारले जेठ १८ गते मंगलवार चीन, कतार र टर्की उडानका लागि अनुमति दिएर खुकुलो नीति लिएको थियो । नेपाल–चीन उडानका लागि भने हालसम्म आवेदन नै नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए । सरकारले यी ३ देशसँगै थप ५ ओटा देशमा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय बुधवार गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिको बैठकले नेपाली श्रमिकको अधिक संख्या भएका थप मुलुक साउदी अरेबिया, यूएई (दुबई), जापान र मलेशियाजस्ता देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यी देशहरूबाट सातामा २ हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । यसैगरी, बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । सरकारले विदेशबाट आउनेलाई कुल १५ दिनसम्म होटेल क्वारेन्टाइन बस्नुपर्ने मापदण्ड लागू गरिसकेको छ भने खर्च पनि आफै गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, समितिको बुधवारको निर्णयअनुसार १५ दिनमध्ये १० दिनसम्मको खर्च सरकारले नै व्यवस्थापन गरिदिने भएको छ । प्राधिकरणका प्रवक्ता क्षत्रीले थप देशहरूमा पुनः उडान खुला गरिएको निर्णयसँगै अब सम्बद्ध देशका कम्पनीहरूलाई सेड्युल अप्लाइ अर्थात् नियमित उडानका लागि आवेदन दिन आह्वान गरिने जानकारी दिए । प्राधिकरणमा आवेदन दिएपछि मात्रै सम्बद्ध विमान कम्पनीहरूले उडानका लागि अनुमति पाउँछन् ।

आन्तरिक उडान खुला गरौं : आयोन

वायुसेवा सञ्चालक संघ(आयोन)ले कोरोना भाइरस(कोभिड–१९) को संसारभर आन्तरिक उडान बन्द नभएकाले नेपालमा पनि तत्कालै खुला गर्न अनुरोध गरेको छ । संघका प्रवक्ता योगराज कँडेलले विज्ञप्ति जारी गरी छिमेकी मुलुक भारतमा समेत आन्तरिक उडान बन्द नभएको र अन्तर्राष्ट्रिय अनुसन्धानहरुले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेको भन्दै तत्कालै उडान सुचारु गर्न सरकारसँग अनुरोध गरेका हुन् । […]