काठमाडौं । आगमन सहजता र प्रवेशाज्ञाको फाइदा उठाउँदै नेपाल अन्तर्राष्ट्रिय अपराधीको निसानामा पर्न थालेको छ । राष्ट्रिय हित र सुरक्षामा असर पर्ने गरी विद्युतीय अपराध, एटीएम ह्याकिङ, कल बाइपास, मानव तस्करी, चोरी, डकैतीलगायत गतिविधिमा विदेशीले नेपाललाई निसाना बनाएको देखिएको हो ।
महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनमा विदेशीहरुले गर्ने अपराध न्यूनीकरण गर्न ०७६...