नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीले जसपासँग छलफल गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी छिन् । यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित गरि प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीलाई पठाइएको विधेयक थप छलफल गर्न भन्दै भण्डारीले प्रतिनिधिसभामा फर्काइ दिएकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुनः त्यसलाई जस्ताको त्यस्तै पारित गरेको छ ।राष्ट्रपति भण्डारीले विधेयक प्रमा

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदमबारे गठबन्धनले संविधानविदसँग छलफल गर्ने

काठमाडौँ – गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा संविधानविद्सँग छलफल गर्ने भएकाे छ। बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनले संविधानका जानकारहरूलाई आमन्त्रण गरेको हो। दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था संविधानले गरे पनि राष्ट्रपति भण्डारीले त्यसको उल्लंघन गरेकी छिन्। मंगलबार मध्यरातिसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने भए पनि भण्डारीले विधेयकलाई […]

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा राष्ट्रपति निवासमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले नागरिक विधेयकको विषयमा छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ । संसद्ले नागरिकता विधेयक दोस्रो पटक पनि पारित गरेको प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा […]

राष्ट्रपतिद्वारा राप्रपासँग २ घण्टा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे परामर्श गर्ने क्रममा विभिन्न दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल गरिरहेकी छन् । सोही क्रममा भण्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग हिजो साँझ २ घण्टा छलफल गरेकी छन् । आइतबार दुई घण्टा भएको छलफल नागरिकता विधेयक र समसामयिक विषयमा केन्द्रित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो क्रममा राष्ट्रपतिलाई देश र जनताको पक्षमा केन्द्रित रहेर निर्णय लिन पार्टीले सुझाव दिएको श्रेष्ठले जानकारी दिए । राष्ट्रप

नागरिकता विधेयक : विधायन समिति छलफलमा कसले के भने ?

काठमाडौँ- नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो । राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी […]

राष्ट्रपति भण्डारीसँगको छलफलका लागि कांग्रेस नेता शीतल निवासमा

सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ । नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बोलाएकी थिइन् । देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका छन् । संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरण

नागरिकता विधेयकको विषयमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि संवेदनशील […]

नागरिकता विधेयकबारे राष्ट्रपतिले गरिन् कानुनविद्हरूसँग छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकका विषयमा कानुनविद्हरूसँग छलफल गरेकी छिन् ।

नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

काठमाडौँ- नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ । यसअघि सदनले पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ८ बुँदे सन्देशसहित सदनमै फिर्ता पठाएकी थिइन्। यो सँगै संसदमा पुन नागरिकता विधेयकको विषयमा छलफल […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेयकको विषयमा छलफल

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा नागरिकता विधेयक, आगामी निर्वाचन तयारी लगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले बताए । दुई साताअघि नै संसद्‌बाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । प्रमुख […]