काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको विषयमा नागरिक समाजका अगुवा, कानुनविद् तथा सुरक्षा निकायका उच्च पदाधिकारीसँगको छलफललाई तीव्रता दिनुभएको छ ।
आफूले दिएको सुझावलाई बेवास्ता गरेर प्रतिनिधि सभाले हुबहु विधेयक पुनः पारित गरेपछि उहाँले केही दिनदेखि आवश्यक राय सुझाव लिइरहनुभएको छ । यसै क्रममा हिजो राष्ट्रपति भण्डारीले नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
छलफलका क्रममा सेनाका पूर्व जर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लाग...