प्रधानमन्त्रीकप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र पुलिसले प्रतिस्पर्धा गर्ने तय भएको छ।मंगलबार त्रिवि मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो।त्यसअघि भएको दिनको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले लोकेश बमको विस्फोटक अर्धशतक र ओपनरद्वय प्रदीप ऐरी र आरि