धरानको स्मार्ट बसपार्क निर्माणको सम्झौता सम्पन्न

साउन २, धरान । लामो समयदेखि विवादित रहेको धरानको स्मार्ट बसपार्क बनाउन सम्झौता सम्पन्न भएको छ ।  बुधवार उपमहानगरपालिका र निर्माण व्यवसायी गिताञ्जली जेभि दुहबी सुनसरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको धरान उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।  धरान ८ स्थित तीनकुने सुन्दरबस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको छ । ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडी बढाउने इञ्जिनियर श्रेष्ठले बताए ।  इञ्जिनियर श्रेष्ठका अनुसार बसपार्क कर सहित गरेर २३ करोड १५ लाख ३ हजार २९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उनले भने, ‘३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ, ५० प्रतिशत नेपाल सरकारनो अनुदान छ भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’ धरानको विकास र समृद्धिको लागि विगत लामो समयदेखि बसपार्क निर्माण योजना थियो । अब चाडै पूरा हुने उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए ।  उनले भने, ‘चाडो भन्दा चाडो बसपार्क निर्माण सकियो भने धरानको शुन्दरता थप झल्किनेछ ।’ उपमेयर मञ्जु भण्डारीले ३० वर्षदेखि जनप्रतिनिधिले देखेको सपना अब पूरा हुन लागेको बताईन् । निर्माण व्यवसायी गिताञ्जली जेभिका सञ्चालक सपन दासले अब १५ दिनभित्रमा काम निर्माण थाल्ने बताए । तोकिएको समयभित्र निर्माण पूरा गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

सम्बन्धित सामग्री

धरानमा स्मार्ट बसपार्क बन्दै

धरान । धरानमा व्यवस्थित बसपार्क बन्ने भएको छ ।  सुविधासम्पन्न स्मार्ट बसपार्क निर्माणका लागि बुधवार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको उपमहानगरपालिकाको योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठले जानकारी दिए । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो ।      ठेकेदार कम्पनीले १५ दिनभित्र निर्माण अगाडि बढाउने इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार बसपार्क २३ करोड १५ लाखमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ५० प्रतिशत नेपाल सरकारको अनुदान र ५० प्रतिशत उपमहानगरको आन्तरिक स्रोतबाट बसपार्क निर्माण गर्न लागिएको हो । प्रमुख राईले उपमहानगरपालिकाले लामो समयदेखि थाती रहेको योजनालाई सम्झौता गरेर अगाडि बढाउन पाएको बताए । धरानको विकास र समृद्धिका लागि विगत लामो समयदेखि बसपार्क निर्माण गर्नुपर्ने योजना थियो । उपप्रमुख भण्डारी कार्यवाहक प्रमुख भएको बेला दुई वर्षअघि तामझामका साथ शिलान्यास गरिएको भए पनि जग्गा विवादका कारण निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । उपप्रमुख भण्डारीको पहलमा केन्द्रसँग समन्वय गरेर बसपार्क निर्माण गर्न लागिएको हो ।      योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख श्रेष्ठले आयोजनामा बसपार्कका लागि मात्र ३० कट्ठा जमीन छ । त्यसबाहेक सेल्स प्लटमा थप पाँच कट्ठा हाराहारी खाली जग्गा पनि छ । बसपार्कका लागि ड्रेन र एजिङको काम पहिले हुनेछ । वरिपरि पक्की सडक बन्नेछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार बसपार्क बेसमेन्टसहित तीन तलाको हुनेछ । बेसमेन्टमा २०० साना गाडी र १५० मोटरसाइकल अट्ने पार्किङ रहनेछ । भुइँतलामा ४९ बस अट्ने क्षमता हुनेछ । भुइँतलालाई १२ ओटा विभिन्न रूटमा जाने गाडी राख्ने गरी डिजाइन गरिएको छ । बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन् । यस तलामा क्याफे, लाइब्रेरी र व्यापारिक कक्ष रहने डिपिआरमा उल्लेख छ । रासस

धरानमा २३ करोड लागतमा स्मार्ट बसपार्क बनाइँदै

धरान । सुनसरीको धरानमा स्मार्ट बसपार्क बन्ने भएको छ । बजारको बीच सडक भानुचोकबाट बसपार्क सञ्चालन हुदै आएको धरानमा सुविधा सम्पन्न स्पार्ट बसपार्क बन्ने भएको हो । बसपार्क निर्माणकालागि धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसंग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राईले ठेकेदार […]

धरानमा स्मार्ट बसपार्क बन्दै, यस्तो छ संरचना

प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्