धरानमा स्मार्ट बसपार्क बन्दै

धरान । धरानमा व्यवस्थित बसपार्क बन्ने भएको छ ।  सुविधासम्पन्न स्मार्ट बसपार्क निर्माणका लागि बुधवार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको उपमहानगरपालिकाको योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठले जानकारी दिए । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो ।      ठेकेदार कम्पनीले १५ दिनभित्र निर्माण अगाडि बढाउने इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार बसपार्क २३ करोड १५ लाखमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ५० प्रतिशत नेपाल सरकारको अनुदान र ५० प्रतिशत उपमहानगरको आन्तरिक स्रोतबाट बसपार्क निर्माण गर्न लागिएको हो । प्रमुख राईले उपमहानगरपालिकाले लामो समयदेखि थाती रहेको योजनालाई सम्झौता गरेर अगाडि बढाउन पाएको बताए । धरानको विकास र समृद्धिका लागि विगत लामो समयदेखि बसपार्क निर्माण गर्नुपर्ने योजना थियो । उपप्रमुख भण्डारी कार्यवाहक प्रमुख भएको बेला दुई वर्षअघि तामझामका साथ शिलान्यास गरिएको भए पनि जग्गा विवादका कारण निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । उपप्रमुख भण्डारीको पहलमा केन्द्रसँग समन्वय गरेर बसपार्क निर्माण गर्न लागिएको हो ।      योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख श्रेष्ठले आयोजनामा बसपार्कका लागि मात्र ३० कट्ठा जमीन छ । त्यसबाहेक सेल्स प्लटमा थप पाँच कट्ठा हाराहारी खाली जग्गा पनि छ । बसपार्कका लागि ड्रेन र एजिङको काम पहिले हुनेछ । वरिपरि पक्की सडक बन्नेछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार बसपार्क बेसमेन्टसहित तीन तलाको हुनेछ । बेसमेन्टमा २०० साना गाडी र १५० मोटरसाइकल अट्ने पार्किङ रहनेछ । भुइँतलामा ४९ बस अट्ने क्षमता हुनेछ । भुइँतलालाई १२ ओटा विभिन्न रूटमा जाने गाडी राख्ने गरी डिजाइन गरिएको छ । बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन् । यस तलामा क्याफे, लाइब्रेरी र व्यापारिक कक्ष रहने डिपिआरमा उल्लेख छ । रासस

सम्बन्धित सामग्री

धरानमा निर्माणाधीन बसपार्क अन्तिम चरणमा

धरान (सुनसरी) – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तिय प्रगति भएको छ। बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार सङ्घीय […]

धरानमा स्मार्ट बसपार्क निर्माण सुरु

धरान (अस) । दुई दशकदेखि विवादित बन्दै आएको धरानमा स्मार्ट बसपार्क निर्माण सुरु भएको छ । स्थानीयले दिएको जग्गामा तीनकुने सुन्दर बस्ती विकास आयोजनामार्फत स्मार्ट बसपार्क निर्माण योजना सुरु भएको हो । धरानको गौरवको आयोजना भएकाले यसलाई चाँडै पूरा गर्ने सुन्दरबस्ती निर्माण आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले स्मार्ट बसपार्क निर्माण सुरु भइसकेको बताए । उनले भने, ‘यो धरानको गौरवको आयोजना हो । यसलाई चाँडै सम्पन्न गर्न लागिपरेका छौं ।’ उनका अनुसार आयोजनाअन्तर्गतको बसपार्क प्रवेश मार्गसहितको सडक सञ्जालमा रहने ड्रेन निर्माण सुरु भएको छ । आयोजनाले साइड क्लियर गर्ने काम सुरु गरेको छ । उनले भने, ‘हामी साइट क्लियर गर्ने काम गर्दै छौं ।’ डीपीआर बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डीपीआरअनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहिते ३ तलाको हुनेछ । डिजाइनअनुसार सबैभन्दा पहिलो बेसमेन्टमा २ सय वटा सानो गाडी (सुमो, हायस, कारलगायत) र १ सय ५० वटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ । यसैगरी सतहमा ४९ वटा बस र १५ वटा साना गाडी राख्ने ठाउँसमेत हुनेछ । उपमहानगरका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडी मात्र राखिनेछ भने त्यहाँ १२ वटा विभिन्न रुटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुने डिजाइन रहेको छ । डिजाइनमा तेस्रो तला टर्निमल भवन यात्रुको प्रयोगमा आउनेछ भने क्याफे, लाइब्रेरी र व्यापारिक कोठा हुनेछन् । स्मार्ट बसपार्कको सतहमा कुना तथा खाली स्थानमा फूलबारी पनि निर्माण गर्ने उपमहानगरको योजना छ । पार्क निर्माण सम्पन्न गर्न २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

धरानमा ‘स्मार्ट बसपार्क’ निर्माण सुरु

तीन वर्षभित्र धरानमा ‘स्मार्ट बसपार्क’ बनाउने तयार स्वरुप काम थालिएको छ । धरान– ८ तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र उक्त बसपार्क बन्ने भएको हो । निर्माणका लागि टेन्डर आह्वानपछि ठेक्का नै लागेर यसै सातादेखि निर्माण कार्य सुरु भएको छ । दुई दशकअघिदेखिको योजनाले बल्ल मूर्तरूप लिन लागेको हो ।

धरानमा स्मार्ट बसपार्कको निर्माण कार्य शुरु, करीब ३० करोड खर्च लाग्ने अनुमान

असोज ६, धरान । विगत दुई दशकदेखि विवादित बनेको धरानको स्मार्ट बसपार्कको निर्माण कार्य शुरु भएको छ । स्थानीयले दिएको जग्गामा तीनकुने सुन्दर बस्ती विकास आयोजनामार्फत स्मार्ट बसपार्क निर्माण योजना शुरु भए पछि बसपार्क बन्नेमा सर्वसाधारण ढुक्क भएका छन् ।  धरानको गौरवको आयोजना भएकोले यसलाई चाडै पूरा गर्ने सुन्दरबस्ती निर्माण आयोजनाले जानकारी दिएको छ । आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले आयोजनाको काम शुरु भइसकेको बताए ।  उनले भने, ‘यो आयोजना धरानको गौरवको आयोजना हो, यसलाई चाडै सम्पन्न गर्ने प्रमुख दायित्व हो, हामी सम्पन्न गर्न लागि परेका छौं ।’  उनका अनुसार आयोजना अन्तर्गतको बसपार्क प्रवेश मार्ग सहितको सडक सञ्जालमा रहने ड्रेन निर्माणको कार्य शुरु भएको छ । आयोजनाले साइड क्लियर गर्ने काम शुरु गरेको छ । उनले भने, ‘हामी साइट क्लियर गर्ने काम गर्दैछौै, क्लियर भएपछि ड्रेनको काम हुन्छ ।’ डिपिआर बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डिपिआर अनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अण्डरग्राउण्ड पार्किङ) सहितको ३ तलाको हुनेछ । डिजाइन अनुसार सबैभन्दा पहिलो बेसमेन्टमा २०० ओटा सानो गाडी (सुमो, हायस, कार लगायत) र १५० ओटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ । यसैगरी, सतहमा ४९ ओटा बस र १५ ओटा सानो गाडी राख्ने ठाउँ समेत हुनेछ । उपमहानगरपालिकाका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडीहरु मात्र राखिनेछ भने त्यहाँ १२ ओटा विभिन्न रुटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुने डिजाइन रहेको छ ।  डिजाइनमा तेस्रो तला टर्निमल भवन यात्रुहरुको प्रयोगमा आउनेछ भने क्याफे, लाइब्रेरी र व्यपारिक कोठाहरु हुनेछन् । स्मार्ट बसपार्कको सतहमा कुना तथा केही खाली स्थानमा फुलबारी (बगैचा) पनि निर्माण गर्ने उपमहानगरपालिकाको योजना छ । पार्क निर्माण सम्पन्न गर्न २५ देखि ३० करोड लाग्ने अनुमान गरिएको छ ।

धरानमा २३ करोड लागतमा स्मार्ट बसपार्क बनाइँदै

धरान । सुनसरीको धरानमा स्मार्ट बसपार्क बन्ने भएको छ । बजारको बीच सडक भानुचोकबाट बसपार्क सञ्चालन हुदै आएको धरानमा सुविधा सम्पन्न स्पार्ट बसपार्क बन्ने भएको हो । बसपार्क निर्माणकालागि धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसंग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राईले ठेकेदार […]

धरानमा स्मार्ट बसपार्क बन्दै, यस्तो छ संरचना

प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्

४३ करोड लागतमा धरानमा स्मार्ट बसपार्क बन्दै, डिपिआर तयार

लामो प्रतिक्षापछि धरानको स्मार्ट बसपार्कको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भएको छ। प्रदेश नं १ सरकारले धरानको प्रमुख आवश्यकता मध्येको स्मार्ट बसपार्कको डिपिआर बनाएको हो।