विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी–२० को परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनका मुख्य मुद्धा रुस–युक्रेन युद्धको कारण छायामा परेका छन् ।
रुस–युक्रेन मुद्दामा भएको विमतीका कारण दुईदिने सम्मेलनपछि संयुक्त वक्तव्य समेत निस्कन सकेन । सम्मेलनपछि प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले बैठकपछि संयुक्त वक्तव्य आउन नसक्नुमा रुस–युक्रेन युद्धबारे जी–२० देशबीच फरक–फरक धारणा रहेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतसहित १७ देशले युक्रेनको मुद्धामा एउटा धारणा राखे पनि चीन र रु...