बलिउडका उत्कृष्ट म्यूजिक कम्पोजर विशाल डडलानीलाई पछिल्लो ९ वर्ष चुरोटको लत लागेको थियो। र, उनको आवाजलाई नै हानी पुर्याउन थालेको थियो।
तर, उनले गत वर्ष सेप्टेम्बरमा धुम्रपान छाडे। विशालले आफ्नो यो यात्रालाई इन्स्टाग्राममा शेयर गरेका छन्।
नुसरत फतेह अली खानको गीत गाउँदै गरेको भिडियो सार्वजनिक गरेका उनले क्याप्सनमा ‘पछिल्लो एक दशकमा हजारौँ चुरोट पिउँदा आफ्नो आवाजमा पुगेको क्षतिबारे उल्लेख गरेका छन्।
उनले आफ्नो यस भिडियो क्याप्सनमा लेखेका छन्,‘मैले अगस्ट २०१९ को अन्तिम दिन चुरोट छोडेको थि...